भारतीयले अपहरण गरेका नेपाली युवकलाई सशस्त्रले गरे मुक्त

 पुस १६, २०७५ सोमबार १३:१४:४३ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाबाट तीन दिनदेखि अपहरणमा परेका एक युवकलाई कैलालीको शसस्त्र प्रहरीको टोलीले भारतको पलियाबाट अपहरण मुक्त गरेको छ ।

भारतको उत्तर प्रदेशमा खिरी जिल्लाको पलिया भन्ने स्थानमा लगेर राखिएका बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का धनराज जोशीलाई कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठको निर्देशनमा सशस्त्र प्रहरीको कैलालीमा तैनाथ रहको शसस्त्र प्रहरीको गणका निमित्त गणपती विष्णुप्रसाद भट्टको टोलीले दुई घण्टा भित्रमै अपहरण मुक्त गरेको शसस्त्र प्रहरीका डीएसपी दीपक कुँवरले जानकारी दिनुभयो ।

अपहरण मुक्त भएका युवालाई स्थानीय जन प्रतिनिधिहरुको जिम्मा लगाइएको छ । दुर्गाथली गाउँपालिका ४ का २६ वर्षीय जोशीलाई भारतीय एसएसबी ३९ नम्बर बटालियनसँग समन्वय गरी अपहरण मुक्त गरेर जन प्रतिनिधिको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल कैलालीको ३४ नम्बर गण धनगढीले जनाएको छ ।

पलिया घर भएका ५० वर्षीय रेहाना खाँ र जोशीले मिलेर एक्साभेटर भाडामा लिएर सञ्चालन गरिरहेका थिए । दुबैबीच केही मतभेद भएछि खाँले जोशीलाई घुम्न जाउ भनेर पलिया पु¥याएर अपहरण गरेको सशस्त्र प्रहरीको दाबी छ । अपहरण गर्ने भारतीय नागरिक खाँलाई भारतीय प्रहरीले कार्वाही गर्ने भन्दै भारतमै राखेको बताइएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया