पूँजीबजार : नेप्से परिसूचक र कारोबार दुवै घट्यो

 पुस १६, २०७५ सोमबार १७:१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेप्से परिसूचक सोमबार पनि १७ दशमलव ६२ अंकले घटेको छ ।

आइतबारे साढे १० अंकले घटेको नेप्से परिसूचक सोमबार पनि घटेर ११ सय ८७ दशमलव २८ बिन्दुमा झरेको छ । कारोबार रकम पनि झण्डै  ५ करोड रुपैयाँले घटेको छ । सोमबार ४० करोड रुपैयाँ बराबरका ११ लाख ७९ हजार कित्ता शेयर किनबेच भएका नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

जलविद्युत, फाइनान्स र उत्पादनमूलक क्षेत्र बाहेक अरु समूहको उप–सूचक घटेसँगै सोमबार शेयर बजार खस्किएको हो । बजार ओरालो लागेसँगै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ८ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

जेविल्स फाइनान्स लिमिटेडका लगानीकर्ताले भने झण्डै ५ प्रतिशत कमाएका छन् । सोमबार सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ करोड ८८ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया