पूर्वराज्यमन्त्री शर्माको निधन

 पुस १६, २०७५ सोमबार २०:३१:२ | रासस
unn.prixa.net

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेतृ तथा पूर्वराज्यमन्त्री कमला शर्माको ५५ वर्षको उमेरमा आज निधन भएको छ । 

राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका संयोजक तथा संविधानसभाका सदस्यसमेत रहनुभएकी शर्मा कलेजो र मिर्गौलाको समस्याबाट ग्रस्त हुनुहुन्थ्यो । उहाँको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । शर्माका श्रीमान्, एक छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

पार्टी अध्यक्ष पशुपति शाशेर जबराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभएको थियो । शर्माको निधनमा केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले उहाँको निधनबाट पार्टी र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति पुगेको ठहर गरेको छ । 

त्यसैगरी पार्टी केन्द्रीय सदस्य शर्माको असामयिक निधनमा शोक जनाउन पार्टी केन्द्रीय कार्यालयसहित पार्टीका सबै तहका कार्यालयमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाइने र कुनै औपचारिक काम नगरिने निर्णय गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया