संसदीय सुुनुवाइ समितिले चोलेन्द्र शमशेर जबरालाई प्रधान्यायाधीशमा अनुमोदन गर्ला त ?

 पुस १७, २०७५ मंगलबार ९:२५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेर जबराको सुनुवाइ आज हुँदैछ । 

बिहान ११ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा सुनुवाइका लागि जबरालाई बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । आइतबार नै सुरु भएको सुनुवाइ कर्मचारीको आन्दोलनका कारण पूरा हुन सकेको थिएन । आइतबारको बैठकमा उहाँले आफ्नो कार्ययोजना प्रस्तुत गरिसक्नुभएको छ । 

राणा प्रधानन्यायाधीशका लागि अयोग्य रहेको दावी गर्दैै समितिमा नौवटा उजुरी परेका छन् । सर्वोच्चसहित विभिन्न अदालतमा न्यायाधीश हुँदा राणाले पूर्व अधिराजकुमारी प्रेरणा शाहको दाइजोलगायत सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने फैसला गरेको, सर्वोच्चले पुनरावलोकन गरिसकेको मुद्दामा संवैधानिक इजलासमार्फत सुनुवाइको प्रपञ्च गरेको, बेञ्च अवरुद्ध पारेको, म्यारिजलाई जुवा नभनी बौद्धिक खेल भनेको लगायत आरोप छ । 

समितिले सुनुवाइ गर्दै पनि आजै उहाँको नाम अनुमोनद गर्नसक्ने समितिका सदस्यहरुले जानकारी दिएका छन् । न्याय परिषदले सिफारिस गरेका जबराको नाम संसदीय समितिले अनुमोदन गरे उहाँलाई प्रधानन्यायाधीश नियुक्त गर्ने बाटो खुल्नेछ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया