सारा अली खान कार्तिक आर्यनलाई मन पराउँछिन् तर कार्तिक अनन्याको प्रेममा

 पुस १७, २०७५ मंगलबार १०:३२:४५ | एजेन्सी
unn.prixa.net

बलिउड फिल्म उद्योगमा फिल्म ‘केदारनाथ’ बाट डेब्यू गरेकी अभिनेत्री सारा अली खानले करण जोहरको चर्चित सेलिब्रेटी च्याट शो ‘कफी विथ करण’ मा अभिनेता कार्तिक आर्यनलाई डेट गर्न चाहेको कुराको खुलासा गरेकी थिइन् । 

त्यसपछि फिल्म ‘केदारनाथ’ र उनी अभिनित दोस्रो फिल्म ‘सिम्बा’ को प्रमोशनका अधिकांश कार्यक्रममा आफूलाई कार्तिक आर्यन मन पर्ने र उनीसँग डेट गर्न चाहेको कुरा बताउदै आएपछि अभिनेता रणवीर सिंहले सारा र कार्तिकको भेट गराएका थिए । 

यो भेटसँगै बलिउडमा सारा र कार्तिकको चर्चा चुलिएको थियो । तर अभिनेता  कार्तिक आर्यन भने सारालाई नभई चंकी पाण्डेकी छोरी अनन्या पाण्डेलाई डेट गरिरहेका छन् । हालै कार्तिक र अनन्यालाई एकसाथ समय बिताइरहेका फोटोहरु सार्वजनिक भएका छन् । 

कार्तिक र अनन्याको यो भेट पहिलो पटक भने भएको होइन । यसअघि केही दिन अगाडि पनि यी दुवैलाई एक साथ देखिएको थियो । 

यस कुराबाट प्रष्ट हुन्छ की सारा अली खानले कार्तिक आर्यनका लागि जति मरिहत्ते गरे पनि कार्तिकको मनमा भने अनन्या पाण्डे बसिसकेकी छिन् । अहिले कार्तिक र अनन्या एकअर्कालाई  डेट गरिरहेका छन् ।

कार्तिक र अनन्यालाई एक साथ रेष्टुरेन्टबाट बाहिरिँदै गरेको तस्बिरमा कार्तिक आफ्नो अनुहार लुकाउन खोजिरहेका छन् भने अनन्या पाण्डेको अनुहारमा मुस्कान देख्न सकिन्छ । 

अनन्या पाण्डे सन् २०१९ मा करण जोहरको फिल्म ‘स्टुडेण्ट अफ द इयर २’ मार्फत डेब्यू गरिरहेकी छिन् । यस फिल्ममा अनन्या पाण्डे अभिनेता टाइगर श्राफको जोडीको रुपमा देखिने छिन् । 


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया