प्रधानमन्त्रीको ‘आफूबाहेक अरु कोही पनि जान्ने छैन’ भन्ने मान्यताले देश समृद्ध हुँदैन : नेता रिजाल

 पुस १७, २०७५ मंगलबार १६:५६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले अरुलाई अपमान गर्ने गरेको भन्दै प्रधानमन्त्री केपी ओलीको आलोचना गर्नु भएको छ ।

नेता रिजालले ‘आफूबाहेक अरु कोही पनि जान्ने छैन’ भन्ने प्रधानमन्त्री ओलीको मान्यता रहेको उल्लेख गर्दै यसले देशलाई समृद्ध बनाउन नसक्ने पनि स्पष्ट पार्नुभयो । उहाँले देशलाई समृद्ध बनाउने अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गर्नुभयो ।

राष्ट्रिय पोशाक दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले देशको सम्मानका लागि पनि समृद्धिको अभियानलाई सफल बनाउनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले नेपालको संस्कृतिलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै त्यसमा सचेत रहन पनि सबैलाई आह्वान गर्नुभयो । देशलाई समृद्ध बनाउन सकेमात्रै हाम्रा राष्ट्रिय पोशाकको पनि सम्मान हुने नेता रावलको भनाई थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया