माइनस १७ डिग्री सेल्सियस तापक्रमका बीच भवनको भग्नावशेषबाट ११ महिने बालकको जीवितै उद्धार

 पुस १८, २०७५ बुधबार ६:५९:३१ | एजेन्सी
unn.prixa.net

रुसको माग्नितोगोर्स्क शहरमा यतिबेलाको तापक्रम शून्यबाट १७ डिग्री सेल्सियससम्म झरेको छ ।

सोमबार यहाँ भएको ग्यास विस्फोटका कारण एउटा भवन ध्वस्त भएको थियो । उद्धारकर्मीहरुलाई चिसोका कारण पनि उद्धारमा समस्या भएको थियो । तर मंगलबार एउटा सुखद खबर सार्वजनिक भएको छ । उद्धार दलले भवनको भग्नावशेषमा थिचिएकी एकजना ११ महिने बच्चालाई जीवितै उद्धार गरेको छ । 

स्थानीय सञ्चार माध्यमहरुका अनुसार बच्चा रोएकाके सुनेपछि उद्धार दलले बच्चालाई सबुशल बाहिर निकालेका हुन् । इवान नाम गरेका ११ महिने बालकको अवस्था गम्भीर रहेको र थप उपचारका लागि मस्को पठाइएको बीबीसीले जनाएको छ । उनलाई चिसोले समातेको छ । साथै टाउकोमा चोट लागेको छ भने, खुट्टा फ्रयाक्चर भएको छ ।

रुसी अधिकारीहरुका अनुसार इवानकी आमा सकुशल छिन् । उनले अस्पतालमा आफ्ना छोरालाई भेटेको पनि रुसी अधिकारीहरुले जनाएका छन् ।
भवनको भग्नावशेषबाट अहिलेसम्म आठ जनाको शव निकालिएको छ । अझै पनि ३६ जना बेपत्ता रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । यो भवनमा १२० जना बस्ने गरेका थिए । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनास्थलको निरीक्षण गरी जतिसक्दो चाँडो विस्फोटको कारण पत्ता लगाउन अधिकारीहरुलाई निर्देशन दिएका छन् । 

 


 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया