विभिन्न देशका लागि सिफारिस राजदूतहरुकाे सुनुवाइ सुरु, उजुरी दिन समितिकाे आग्रह

 पुस १८, २०७५ बुधबार १२:३२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशका लागि सिफारिस ५ जना राजदूतविरुद्ध उजुरी दिन आग्रह गरेको छ ।

थाइल्याण्डका लागि गणेश ढकाल, स्विट्जरल्याण्डका लागि मणि भट्टराई, फ्रान्सका लागि दिपक अधिकारी, क्यानडाका लागि भ्रिगु ढुङ्गाना र कुवेतका लागि सिफारिस राजदूत दुर्गाप्रसाद भण्डारीको नाम सिफारिस भएकाे छ ।

बिहान बसेको समिति बैठकले सिफारिस भएकाे नामकाे सुनुवाइ पक्रिया थाल्दै भोलिदेखि १० दिनभित्र उजुरी दिन भनेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । 

 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया