शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
धादिङ - धादिङको काफलपानीबाट ज्वालामुखी गाउँपालिकाको सुनखानीतर्फ जाँदै गरेको मिनिट्रक दुर्घटना हुँदा एकजनाको उपचारका क्रममा मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
बा.४ ख ८६५८ नम्बरको मिनिट्रक दुर्घटनापछि जिल्ला अस्पतालमा उपचारको क्रममा ज्वालामुखी गाउँपालिका वडा नं-१ का ५५ वर्षीय रिम्के परयारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले जानकारी दिनुभयो ।
दुर्घटनामा चारै जना घाइतेकोे जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।