राजगद्दी छाड्नुअघि जापानी सम्राटको भावुक सम्बोधन

 पुस १९, २०७५ बिहिबार ६:५४:३६ | एजेन्सी
unn.prixa.net

टोक्यो –जापानका सम्राट अकिहितोले पदत्याग गर्नु अगाडि आफ्ना शुभचिन्तकसमक्ष भावपूर्ण अन्तिम सम्बोधन गर्नु भएको छ । उहाँले आफ्ना हजारौँ शुभचिन्तकसामू शान्ति कायम गर्न आग्रह गर्नुभएको छ । 

बुधबार बिहान सम्राटको नयाँ वर्ष स्वागत सम्बोधन कार्यक्रममा ७२ हजार भन्दा बढी उहाँका शुभचिन्तक राजदरबार अगाडि भेला भएका थिए । 

पचासी वर्षीय सम्राटले अन्तिम पटक दिनु भएको परम्परागत नयाँ वर्षको स्वागत कार्यक्रमलाई अवलोकन गर्नका लागि टाढा–टाढाबाट समेत मानिसहरु आएका थिए । 
जापानको राजतन्त्रमा यस प्रकारले पदत्याग गर्ने सम्राट अकिहितो करिब दुई शताब्दी यता नै पहिलो व्यक्ति हुनुहुने छ । उहाँले ३० वर्षको शासनपछि आउँदो अप्रिल ३० मा आफ्नो राजगद्दी छोड्दै हुनुहुन्छ । 

‘तपाईँहरुसँग खुल्ला आकाशमुनि नयाँ वर्ष मनाउन पाउँदा म अत्यन्त खुशी छु’ जापानी झण्डा हल्लाउँदै सम्राटको लामो जीवनको कामना गरिरहेका हजारौ व्यक्तिसामू अकिहितोले भन्नुभयो ।

सम्राट अकिहितो जापानी नागरिकहरुबीच निकै नै लोकप्रियसमेत हुनुहुन्छ । उहाँले सामान्य महिलासँग विवाह गर्नुभएको थियो । त्यस्तै उहाँका दुवै छोराले पनि राज खानदानभन्दा बाहिर नै विवाह गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया