आलियाले आफ्ना प्रेमी रणबिरलाई बिरालोसँग किन तुलना गरिन् ?

 पुस १९, २०७५ बिहिबार १२:२१:११ | एजेन्सी
unn.prixa.net

अभिनेत्री आलिया भट्ट र रणबिर कपूर अहिले बलिउडका चर्चित प्रेम जोडी हुन् । बलिउड फिल्म उद्योग तथा मिडियामा अहिले आलिया रणबिरकै चर्चा हुने गर्छ । 

रणबिर कपूरले नयाँ वर्ष मनाउनका लागि प्रेमिका आलिया भट्टलाई लिएर अमेरिका गएका थिए । अमेरिकामा कपूर परिवारका साथ नयाँ वर्ष मनाउँदै गरेको तस्बिर रणबिरकी आमा नितु कपूरले सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । 

वर्ष २०१८ मा रणबिर कपूरको जन्मदिनको अवसरमा आलिया भट्टकी आमा र रणबिर कपूरकी आमाले समेत भेट गरेका थिए । खबरहरुमा दुवै परिवारले आलिया र रणबिरको विवाहको कुराकानीसमेत गरेको बताइएको थियो । हालै अभिनेत्री आलिया भट्टले पनि रणबिर कपूरसँगको सम्बन्धका बारेमा मिडियासामु कुरा गरेकी छिन् । 

आलियालाई रणबिर कपूरसँगको सम्बन्धबारेको प्रश्नमा उनले भनेकी छिन्, ‘म मेरो व्यक्तिगत जीवनप्रति एकदमै इमान्दार छु । म यस विषयमा धेरै बोल्न पनि चाहँदिन किनकी यी सबकुरा गर्न थाल्यो भने यसले मेरो ध्यानलाई अन्तैतिर जान थाल्छ । यो सम्बन्ध एक उपलब्धि नभई मेरो जिन्दगीको एक महत्वपूर्ण हिस्सा हो । जे कुरा भइरहेको छ यो निकै सुन्दर छ । अहिलेलाई जस्तो चल्दैछ मैले त्यसलाई त्यस्तै छोडेकी छु ।’ 

आलिया भट्टले एक बिरालो पालेकी छिन् जसलाई उनी धेरै माया गर्छिन् । उनले प्रेमी रणबिर कपूरलाई उनको त्यसै बिरालोसँग तुलना गर्दै भनिन्, ‘यो सब कुरा यस्तो छ, जस्तो मेरो जीवनमा बिरालो छ । जसको म सधैँ सुरक्षा गर्न चाहन्छु । र उ एडवर्ड (आलियाको बिरालो)ले जस्तै अहिले नै सामाजिक सञ्जालहरुमा आउनका लागि तयार छैन ।’ 

आलिया भट्ट र रणबिर कपुरले फिल्म ‘ब्रम्हास्त्र’ एक साथ काम गरेका छन् । यो फिल्म यस वर्षको अन्त्यमा प्रदर्शन हुनेछ । र आज उनको अर्को फिल्म ‘गलीब्वय’ को पोस्टर रिलिज भएको छ । २०१९ को फेब्रुअरी १४ मा प्रदर्शन हुने यस फिल्ममा उनी रणबिर सिंहको जोडीको रुपमा देखिनेछिन् । 


 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया