नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेलको तालिका परिवर्तन, भोलि...
चैत १५, २०८० बिहिबार
चलचित्र गाेपीले प्रचार प्रसारका लागि हट एयर बलुनकाे प्रयाेग गरेकाे छ ।
यसलाई पछिल्लो समय फिल्म प्रदर्शनका लागि अनपाउन थालिएको अनेकौं नयाँ तरिकाहरु मध्येकाे एक मान्न सकिन्छ ।
आउँदो माघ १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म गोपीले आफ्नो प्रचारलाई व्यापक बनाउँदै प्रचारको अनौठो शैली अपनाएको छ । केही समय अगाडिमात्र नेपाल भित्रिएको नेपालकै एकमात्र हट एयर बलुनमा आफ्नो पोस्टर टाँसेर फिल्मले पोखरामा प्रचार सुरु गरेको हो ।
पछिल्लो समय हट एयर बलुनमा मानिसहरुको आकर्षण बढ्दै गएको छ । त्यसको फाइदा उठाउँदै गोपीको प्रचार अझै प्रभावकारी होला भन्ने अभिप्रायले हामीले फिल्मको प्रचार हट एयर बलुनमार्फत गरेका हौँ, फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेलले भने ।
केहि समयअघि चलचित्र युनिटले प्रचारात्मक शैलीमा नै कविता प्रतियोगिता सञ्चालन गरेको थियो । कविता प्रतियोगिताको विजेतालाई माघको दोस्रो साता पुरस्कृत गर्ने बताइएको छ ।
फिल्ममा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्तलगायतको मुख्य भूमिका रहेको छ । फिल्म दिपेन्द्र लामाको निर्देशनमा तयार भएको हो ।