व्यवसायिक माछापालनबाट राम्रो आम्दानी

 पुस १९, २०७५ बिहिबार २१:५५:२५ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीमा व्यवसायिक माछा पालन गर्ने किसानको संख्या बढेको छ।

तुलनात्मक रुपमा थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने भएपछि किसानहरुले अन्य खेतीभन्दा माछापालन व्यवसायिक पालनतर्फ बढी आकर्षित भएका हुन् । केही समयअघि जिल्ला कृषि विकास कार्यालय सर्लाहीले उपलब्ध गराएको तथ्यांक अनुसार जिल्लामा ७ सय ५० कृषकले व्यावसायिक माछा पालन गर्ने गरेको जनाएको छ । सर्लाहीको हरिपुर, इश्वरपुर, चन्द्रनगर, मलंगवा, कबिलासीलगायतका स्थानीय किसानले १० हजार हेक्टरभन्दा बढी क्षेत्रफलको जग्गामा व्यावसायिक माछा पालन गरेका छन ।

पछिल्लो समय सर्लाही जिल्ला माछमा आत्मनिर्भर बन्दै गएको छ । यहाँ उत्पादन भएको माछा काठमाडौ, विरगञ्ज, पोखरालगायतका व्यापारी केन्द्रमा पुग्ने गरेको माछा व्यापारीहरुले बताएका छन ।

किसानले पछिल्लो समय मत्स्य पालक कृषक समूह बनाएर सामूहिक माछापालन समेत तयारी गरेका छन । माछापालनको लागि जिल्लाको नारीमन ताल र मल्हनिया ताल प्रकृति जलासय हुन भने अन्य कृत्रिम जलाशय निर्माण गरेर व्यावसायिक माछा पालन भैइरहेको छ ।

यहाँका प्राकिृतिक र निजी जलासयबाट वार्षिक पाँच हजार पाँच सय मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । उत्पादित माछाबाट किसानले वार्षिक एक अर्बभन्दा बढी आम्दानी लिने गरेका छन । यहाँका किसानले कमन कार्प, ग्रास कार्प, रहु, नैनी, सिल्भर, बिगहेड, भाकुर, जातका माछा उत्पादन गर्ने गरेका छन। जिल्लको नारीमन ताल र मल्हनिया ताल अन्य केही सान जलाशय सामुदायिक वन र सार्वजनिक जग्गामा रहेका छन । 

सामूहिक रुपमा माछापालन गर्ने किसानहरूको लागि अनुदान सहयोग उपलब्ध गराउने र आगामी योजनामा कृषिको क्षेत्रमा थप बजेट बिस्तार गर्दै लैजाने हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नइन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

उहाँले यसपालिको योजनामा पनि माछापालन गर्ने सक्ने गरी २० वटाभन्दा बढी सानठूला जलाशयको लागि योजनाको छनौट गरेर कार्यनयनको लागि तयारी रहेको बताउनुभयो ।

उहाँले हरिपुर-१, मा रहेको ऐतिहासिक मल्हनिया ताललाई नगरपालिकाले योजना भनाएरै पर्यटकीय क्षेत्रबानाउ जानकारी दिनुभयो। त्यस्तै नारीमन ताल पनि माछापालन र पर्यटकीय दुवैले उपयुक्त देखिएको छ । किसानले माछाको भुरा पोखरीमा छोडेको ६ महिनाभित्रमा खान योग्य हुने बरहथवा ९ का किसान हरिहर मुखिया मल्हाको भनाई छ।
 

अन्तिम अपडेट: चैत २३, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया