कलाकार अनुराग कुँवरको जन्मदिनमा गगन  थापादेखि मह जोडीसम्म

 पुस २०, २०७५ शुक्रबार ७:०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली चलचित्र उद्योगका भिलेन भनेर चिनिने कलाकार अनुरागमान सिंह कुवँरले बिहीबार जन्मिदिन मनाएका छन् ।

उनी ३९ पूरा भएर ४० औँ वर्षमा लागेका छन् । सर्वाधिक सफल चलचित्र ‘छक्का पञ्जा ३’ मा उनले मुखियाको भाइको छोराका रुपमा अभिनय गरेका छन् । यस्तै महसञ्चारले निर्माण गरेको चलचित्र ‘शत्रुगते’ मा पनि उनी डनको भूमिकामा प्रस्तुत भएका छन् । कलाकार अनुरागमान सिंह कुवँरको बर्थडे पार्टीमा पूर्व स्वस्थ्यमन्त्री तथा नेपाली कांग्रेसका युवा नेता गगन थापा, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारी, पूर्व डीआईजी रमेश खरेलका साथै  नेपाली कांग्रेसका प्रभावशाली नेता जगदीश नरसिहं केसीलगायतको उपस्थिति रहेको थियो । 

कुँवरलाई निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाकी आमाले ‘नजन्माएको छोरा’ भनेर पनि चिन्ने गरिएको छ । अर्थात दिपाश्री निरौलासँग उनले धर्म बहिनीको साइनो जोडेका छन् । उनको जन्मदिनमा शुभकामना व्यक्त गर्नका लागि वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ, नीर शाह, दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे, किरण केसी, राजाराम पौडेल, संगीतकार न्यू बज्राचार्य, निर्देशक अशोक शर्मा, सुरज सुब्बा नाल्बो, नायिका निरुता सिंह, अभिनेता रमेश उप्रेती, सन्दीप क्षेत्री, अर्जुनजंग शाहीलगायतका कलाकारहरुको उपस्थिति रहेको थियो । 

आफ्नो ४० औँ जन्मदिनको अवसरमा कुवँरले काठमाडौं फर्पिङमा रहेको बाल उत्थान बाल गृहलाई दालचामल, कपडालगायतका सामग्रीसमेत सहयोग गरेका थिए ।

कलाकार अनुरागमान सिंह कुवँरले निर्देशक सुर्दशन थापाले निर्देशन गरेको चलचित्र ‘के यो माया हो’ बाट डेब्यू गरेका थिए । त्यसपछि उनले चलचित्र क्षेत्रमा नै आफूलाई निरन्तरता दिन थाले । ‘के यो माया हो’ पछि उनले चलचित्र ‘फेसबुक’ मा अभिनय गरे ।

त्यसपछि उनले चलचित्र ‘रातो घर’, ‘वडा नम्बर ६’, ‘ए मेरो हजुर–२’, ‘शत्रुगते’, ‘छक्का पञ्जा –३’लगायतका चलचित्रहरुमा काम गरिसकेका छन् । हाल उनी मह सञ्चारले निर्माण गर्दै गरेको चलचित्र ‘दालभात तरकारी’को छायांकनमा व्यस्त छन् । चलचित्र ‘दालभात तरकारी’ मा उनी निर्माता समेत रहेका छन् ।

– उज्यालो र गफगाफ डटकमको सहकार्य 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया