च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
रोहित शेट्टीको निर्देशनमा बनेकाे रणवीर सिंह र सारा अली खानको फिल्म ‘सिम्बा’ डिसेम्बर २८ मा प्रदर्शन भएसँगै बक्स अफिसमा कमालको व्यापार गरिरहेको छ ।
‘सिम्बा’ ले ६ दिन भित्रै १ सय कराेडभन्दा धेरैको व्यापार गर्दै निर्देशक रोहित शेट्टीका लागि समेत नयाँ कीर्तिमान कायम गरिदिएको छ ।
बलिउड फिल्म उद्योगमा कैयाैं फिल्म निर्माण गरिसकेका निर्देशक रोहित शेट्टीको यो आठौं फिल्म हो । जसले लगातार बक्स अफिसमा एक सय करोडको व्यापार गर्न सफल भएको छ ।
बलिउड फिल्म उद्योगमा कुनै पनि निर्देशकका ८ वटा फिल्मले लगातार १०० करोडको व्यापार गरेको यो पहिलो पटक हो । प्रदर्शनको छैटौं दिनसम्म आइपुग्दासमेत फिल्म ‘सिम्बा’ ले दर्शकको भिडलाई फिल्म हलसम्म तानिरहेको छ ।
यो फिल्मले ६ दिनमा १३९.०३ करोडको व्यापार गरेको छ ।
रोहित शेट्टीले धेरैजसो फिल्म अजय देवगनलाई लिएर बनाएका छन् । फिल्म ‘सिम्बा’ मा समेत अजय देवगनको फिल्म ‘सिंघम’ फिल्मको अगाडिको कहानी रहेको छ । जसमा अजय देवगनको केमियो रोल रहेको छ ।
भारतीय व्यापार विश्लेषक तरण आदर्शले रोहित शेट्टी बलिउड फिल्म उद्योगमा एकपछि अर्को गर्दै लगातार १०० करोड कमाउने फिल्म बनाउने पहिलो निर्देश बनेको भन्दै ट्वीट गरेका छन ।
He's the Hit Machine... A name that's synonymous with Hits... Ro-Hit Shetty's latest endeavour #Simmba is not only winning hearts, but also ruling the BO. pic.twitter.com/t4zfltS2ec
— taran adarsh (@taran_adarsh) January 3, 2019
रोहित शेट्टी निर्देशित फिल्म ‘गोलमाल ३, सिंघम, बोल बच्चन, चेन्नई एक्सप्रेस, सिंघम रिटर्नस, दिलवाले, गोलमाल अगेन, सिम्बा’ ले १०० करोडको व्यापार गर्दै रोहितलाई किर्तिमानी निर्देशक बनाइदिएका हुन् ।
रोहित शेट्टी बलिउडमा एक्शन डायरेक्टरको रुपमा चिनिन्छन् । उनका फिल्महरुमा गाडीहरुका खतरनाक स्टण्टहरु समावेश गरिएको हुन्छ । फिल्म ‘गोलमाल’ देखि ‘सिम्बा’ सम्म रोहितले दर्शकका लागि खतरनाक स्टण्टहरु प्रस्तुत गरेका छन् ।
लगातार ८ वटा फिल्मले १ सय करोडको व्यापार गरेसँगै रोहित शेट्टीलाई हिट मशिन भन्दै सामाजिक सञ्जालमा समेत चर्चा भइरहेको छ ।