सरकार हत्यारा, भ्रष्टाचारी र अपराधीको संरक्षणमा लागेकाे छ : नेता पौडेल

 पुस २०, २०७५ शुक्रबार १९:१:५३ | राधाकृष्ण डुम्रे
unn.prixa.net

फाइल तस्बिर

स्याङ्जा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार हत्यारा, भ्रष्टाचारी र अपराधीको संरक्षणमा लागेको आरोप लगाउनुभएको छ ।

सरकार बनेपछि हत्या र हिंसा बढेको, भ्रष्टाचारीलाई जोगाउन खोजिएको र अपराधमा संलग्न भनिएकालाई संरक्षण गरिएको उहाँको आरोप छ  । ‘निर्मला पन्तका बलात्कारी र हत्याराको खोजी गर्नुको सट्टा सरकारले भ्रष्टाचारमा संलग्न मन्त्रीलाई न्यायिक अयोग बनाएर जोगाउन खोजेको छ’, स्याङ्जा सदरमुकाममा आयोजित शिक्षक संघको स्थानीय प्रतिनिधिसभालाई सम्बोधन गर्दै नेता पौडेलले भन्नुभयो, ‘अदालतमा विचाराधीन मुद्दामा रहेका रेशम चौधरीलाई शपथ खुवाएर सरकार संविधानको मर्म र भावना विपरीत गएको छ ।’

‘नागरिकको दैनिकी कसरी चलेको छ, हेक्का राख्न नसक्ने सरकार चर्को विकास र राष्ट्रियताको नारा लगाउन तल्लिन छ’, नेता पौडेलले भन्नुभयो, ‘नागरिकले अल्पकालीन र दीर्घकालीन रुपमा के खोजेका छन् भनेर सोच्न नसक्ने सरकार असफल भएको छ ।’

 
 

अन्तिम अपडेट: चैत १८, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया