वर्षौँसम्म सरकारी कामकाज ठप्प पार्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी !

 पुस २१, २०७५ शनिबार ७:४८:३८ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि उहाँले अमेरिका र मेक्सिकोकाे सीमामा पर्खाल बनाउन राष्ट्रिय आपतकालको घोषणा समेत गर्न सक्ने बताएका छन् । 

ट्रम्पले पर्खाल बनाउन बजेट नमिलेसम्म कुनै पनि विधेयकमा हस्ताक्षर नगर्ने समेत बताए । ट्रम्पले वर्षौंसम्म बन्द काम बन्द गर्न पनि आफू तयार रहेको चेतावनी दिएका हुन् । 

मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न ट्रम्पले संसदमा माग गरेको बजेट विवादका कारण अमेरिकामा सरकारी कामकाज आंशिक रुपमा ठप्प भएको दुई हप्ताभन्दा बढी भैसकेको छ । 

मेक्सिकोको सीमानामा पर्खाल बनाउन पाँच अरब अमेरिकी डलर बजेट माग गरिएको छ । बजेट संसदले पारित नगर्दा उत्पन्न गतिरोधले अमेरिकाका ८ लाख संघीय कर्मचारीले तलबसमेत पाएका छैनन् । 

ट्रम्पले चुनावी अभियानका बेला मेक्सिकोसँगको सीमा क्षेत्रमा गैरकानुनी रूपमा आप्रवासीको प्रवेश रोक्नका लागि पर्खाल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । पर्खाल निर्माणको काम अहिलेसम्म सुरु हुन सकेको छैन । अहिले अमेरिकी राजनीतिमा पर्खालको मुद्दा पेचिलो बन्दै गएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया