जयन मल्लिक र जीजी हदिदको ब्रेकअप

 पुस २१, २०७५ शनिबार १०:३०:२१ | एजेन्सी

चर्चित अन्तर्राष्ट्रिय गायक जयन मल्लिक र तथा अमेरिकी सुपर मोडल जीजी हदिदबीच एक पटक फेरि ब्रेकअप भएको छ ।

जयन र जीजीले सन् २०१५ देखि एकअर्कालाई डेट गरिरहेका थिए । वर्ष २०१८ को मार्च महिनामा यो जोडी छुट्टिएको थियो तर लगत्तै फेरि दुवैले सम्बन्धलाई निरन्तरता दिएका थिए । अहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जयन मल्लीक र जीजी हदिदले फेरि ब्रेकअप गरेको खबर सार्वजनिक गरेका छन् । 

सुपर मोडल जीजी हदिदले जयनसँगको प्रेम सम्बन्धलाई अगाडि बढाउन धेरै प्रयास गरे पनि जयन मल्लिकको तर्फबाट यस सम्बन्धलाई अगाडि बढाउन कुनै प्रयास नभएपछि ब्रेकअप भएको समाचारमा जनाइएको छ ।

जीजी हदिदले जयनसँग समय बिताउनका लागि आफ्ना साथीभाइसँगको भेटघाटसमेत बन्द गरेकी थिइन् । उनी धेरैभन्दा धेरै समय जयनसँग बिताउन चाहन्थिन् । तर यति हुँदाहुँदै पनि उनले जयनसँगको सम्बन्ध बचाउन सकिनन् ।

 

जीजी हदिद र जयन मल्लिकबीचको सम्बन्ध २०१८ को नोभेम्बर महिनादेखि नै बिग्रिएको बताइएको छ । नोभेम्बरदेखि नै जीजी र जयनलाई एकअर्काको साथमा देख्न छोडिएको थियो । जीजीले जयनसँगको अन्तिम तस्बिर अक्टोबर महिनामा सेयर गरेकी थिइन् । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

flyin home to my happy place ❤️

A post shared by Gigi Hadid (@gigihadid) on

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया