सरकार उडन्ते र हावादारी कुरामा हिँडेको पूर्व अर्थमन्त्री महतको आरोप

 पुस २१, २०७५ शनिबार १५:६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – पूर्व अर्थमन्त्री रामशरण महतले पूँजी निर्माण र लगानी वृद्धिमा भन्दा सरकार फजुल खर्चमा अघि बढेको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा शनिबार फियन बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री महतले सरकार देशको समग्र आर्थिक विकासका लागि गम्भीर नबनेको बताउनुभएको हो ।

उहाँले सरकार उडन्ते र हावादारी कुरामा हिँडेको आरोप पनि लगाउनुभयो । सत्तारुढ दलका दुई अध्यक्षले आ–आफ्ना निर्वाचन क्षेत्रमा भ्यू टावर निर्माण र शहरी विकास आयोजनाको नाममा ठूलो रकम खर्च गर्नु गलत भएको उहाँले टिप्पणी गर्नुभयो ।

उहाँले नागरिकका आधारभूत आवश्यकता, सडक विस्तारलगायत क्षेत्रलाई सरकारले प्राथमिकता दिन नसकेको आरोप लगाउनुभयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया