अफगानिस्तानमा सुनखानी भत्किँदा ३० जनाको मृत्यु

 पुस २२, २०७५ आइतबार २०:६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

अफगानिस्तानको उत्तर पूर्वी क्षेत्रमा रहेकाे सुनखानी भत्किँदा ३० जनाको ज्यान गएको छ ।

अफगानिस्तानको बडाख्शन प्रदेशको कोहिस्तान जिल्लामा सुनखानी भत्किँदा कम्तिमा पनि ३० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । गाउँलेहरुले सुन खोज्नका लागि नदी छेउमा ३० मिटर गहिरो खानी खनेकाे र त्यही साँघुरो खानी भत्किँदा उनीहरुले ज्यान गुमाउनुपरेकाे हो ।

अफगानिस्तानमा धेरै खानीहरु रहेको बताइन्छ । तर खानीहरुलाई सुरक्षित रुपमा प्रयोगमा ल्याउन नसक्दा धेरैको ज्यान जाने गरेको छ । सुनखानी भत्किएर पुरिएपछि गाउँलेहरुले एक्स्क्याभेटरको प्रयोग गरेर उद्धार गरेको थिए । घटनामा अन्य सातजना घाइते भएको अधिकारीहरुले बताएका छन् ।

खानी भत्किएपछि स्थानीय बासिन्दा त्यहाँ पुगेर १३ जना कामदारको उद्धार गरेका थिए । उद्धारकै क्रममा केही बच्चा र कामदारको ज्यान गएको छ । 


 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया