२४ घण्टाभित्र चारवटा विमान आपतकालीन अवतरण

 पुस २३, २०७५ सोमबार ६:७:८ | रासस
unn.prixa.net

भारतका विभिन्न विमानस्थलमा विगत २४ घण्टामा चारवटा आपतकालीन विमान अवतरण गर्नुपरेको छ । विमानमा सवार सबै यात्रु सुरक्षित रहेका छन् । 

आइतबार, मुम्बईबाट दुबईतर्फ गइरहेको एयर इन्डिया एक्सप्रेसको विमान हाइड्रोलिक समस्याका कारण मुम्बई विमानस्थलमा आपतकालीन अवतरण गरेको थियो । 

आइतबार नै नयाँदिल्लीका लागि उडेको स्पाइसजेटको विमान बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि बनारस विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो । यो विमान हङकङबाट १४० भन्दा बढी यात्रु बोकेर उडिरहेको थियो । विमानमा सवार सबै यात्रु सकुशल रहेका छन् । 

स्पाइसजेटका प्रवक्ताले पाइलटले एक नम्बर इन्जिनमा न्यून परिमाणमा इन्धन आपूर्ति भएको थाहा पाउनासाथ बनारस विमानस्थलमा आपतकालीन अवतरण गराएको बताउनुभयो । 

शनिबार राति, एयर इन्डियाको विमानबाट इन्धन चुहिन थालेपछि कोलकोता विमानस्थलमा आपतकालीन स्थिति घोषणा गरिएको थियो । बैंककबाट नयाँदिल्ली उडानमा रहेको एयर इन्डियाको उडान नं. एआई–३३५ विमानमा राति १०.३५ मा प्राविधिक गडबडीको आशंका गरिएको थियो । यो घटनामा कुनै यात्रु घाइते भएका छैनन् । 

एयर इन्डियाको वक्तव्यमा पूर्व सावधानीका लागि विमानलाई कोलकाता विमानस्थलमा अवतरण गराउनुपरेको उल्लेख छ । विमानका यात्रुलाई अर्को विमानमा राखेर राति साढे दुई बजे नयाँदिल्ली पु¥याइएको थियो । 

शनिबार, कोलकोता–चेन्नाइ इन्डिगो विमान पनि उडेको केहीबेरमै प्राविधिक समस्या देखिएपछि पुनः चेन्नाइ फर्किएको थियो । विमानमा सामान्य खराबी देखिएको तर आपतकालीन स्थिति घोषणा नगरिएको इन्डिगोले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया