विक्कीले कट्रिनालाई विवाहको प्रस्ताव राख्दा सलमानको यस्तो प्रतिक्रिया

 पुस २३, २०७५ सोमबार १३:३४:१२ | एजेन्सी
unn.prixa.net

बलिउड फिल्म उद्योगमा अभिनेत्री कट्रिना केफ स्थापित गराउने अभिनेता हुन् सलमान खान । यसका साथै एक समयमा अभिनेता सलमान खान र कट्रिना गहिरो पे्रम सम्बन्धमा थिए । 

तर सलमानलाई बीचैमा छोडेर रणवीर कपूरको प्रेममा परेकी कट्रिना केफ फेरि रणवीरसँग ब्रेकअप गरेर सलमान कहाँ नै फर्किएकी छिन् । रणवीर कपूरबाट प्रेममा धोका खाइसकेकी कट्रिना केफ र सलमान अहिले फेरि नजिकिएका छन् । 

कट्रिना केफ केही समय अघि करण जोहरको चर्चित शो ‘कफि विद करणमा’ सहभागी भएकी थिइन् । कार्यक्रममा करण जोहरले कट्रिनालाई अहिलेका नयाँ अभिनेता मध्ये कोसँग अभिनय गर्न चाहनुहुन्छ भन्ने प्रश्नमा कट्रिनाले अभिनेता विक्की कौशलको नाम लिएकी थिइन् । कट्रिनाको यो कुरा करण जोहरले विक्की कौशललाई भनेपछि कट्रिनालाई आफ्नो नाम थाहा भएको भन्दै विक्की कौशल आश्चर्यचकित भएका थिए । 

भर्खरै एक अवार्ड शोमा कट्रिना र विक्की कौशलको भेट भयो र यही मौकामा विक्की कौशलले सलमान खानकै अगाडी कट्रिनालाई रमाइलो ढंगले विवाहको प्रस्ताव राखे । यसको एक भिडियो अहिले सामाजिक संजालमा चर्चामा रहेको छ । भिडियोमा विक्की कौशल कट्रिनालाई भन्छन् ‘अहिले विवाहको सिजन चलिरहेको छ, यदी विवाह गर्न चाहनुहुन्छ भने विक्की कौशलमा साथ विवाह गर्न सक्नुहुन्छ ।’ 

यति भन्दै विक्की कौशल कट्रिनाका अगाडी सलमान खानकै फिल्मको गीत ‘मुझसे शादी करोगी’ गाउन थाल्छन् । विक्कीको विवाहको प्रस्ताव पछि कट्रिना हास्न थाल्छिन् तर अगाडी बसेका सलमान खान साथमै बसेकी उनकी बहिनी अर्पिताको काँधमा टाउको राख्छन् । तर कट्रिना केफले विक्की कौसललाई जवाफ भन्छिन् ‘हिम्मत छैन’ । कट्रिनाको यो जवाफ पछि सलमान खान निकै खुसी हुन्छन् । सलमान खानले दिएको यो प्रतिक्रिया हेर्न लायक छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

▪my new ship @katrinakaif and @vickykaushal09 ♥

A post shared by Katrina Kaif (@katrinafanb) on

कट्रिना केफले भनेकी थिइन्, सलमान खान एक यस्तो व्यक्ति हुन् जसले उनको जिन्दगीका केही कुरा नभनेरै हरेक कुरा थाहा पाउँछन् । साथै कट्रिना केफ छिट्टै नै फिल्म ‘भारत’ मा सलमान खानका साथ देखिनेछिन् । उनले सलमान खानकै लागि रेमो डिसुजाको फिल्म ‘एबीसीडी’ पनि छोडिदिएकी छिन् ।
 
अभिनेता विक्की कौशलले फिल्म ‘मसान, राजी, सञ्जुलगायतका फिल्ममा उनको अब्बल अभिनय क्षमताका कारण बलिउडका साथै अन्य दर्शकमाझ लोकप्रिय भएका छन् । उनी अभिनित फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ यही जनवरी ११ मा प्रदर्शन हुँदैछ ।  
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया