जोन अब्राहमले उडाए सलमान खानको मजाक

 पुस २३, २०७५ सोमबार २०:०:२० | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता जोन अब्राहम अभिनित पछिल्ला फिल्म ‘परमाणु’ र ‘सत्यमेव जयते’ ले बक्स अफिसमा राम्रो व्यापार गरेका थिए ।

यसका साथै दर्शकहरुले समेत जोन अब्राहमको अभिनयको प्रशंशा गरे । तर अहिले मिडियासँगको कुराकानी जोन अब्राहमले सलमान खानको बारेमा यस्तो बयान दिएका छन्, जुन कुराले सलमान खानको फ्यानहरुलाई दुःखी बनाउन सक्छ ।  

एक अनलाइन पोर्टलका साथ भएको कुराकानीमा जोन अब्राहमले भनेका छन्, ‘मैले यो कुरा  बुझ्न सकिरहेको छैन की स्टारहरुका लागि धेरै कमाई गर्नेहरुको लिस्टमा सामेल हुन किन जरुरी छ ? कलाकारहरुको पहिचान उनीहरुको कामका कारण हुने गर्छ । यस्ता कैयौँ कलाकारहरु छन् जो सर्वाधिक पारिश्रमिक लिनेहरुको लिस्टमा ३ वर्षदेखि सामेल छन् । तर उनीहरुको फिल्म फ्लप भइरहेका छन ।’

जोन यतिमै चुप लागेनन्, उनले सलमान खानको मजाक उडाउँदै भने, ‘वर्ष २०१८ को सर्वाधिक कमाइ गर्ने अभिनेताको लिस्टमा अभिनेता सलमान खानको नाम सबैभन्दा अगाडि छ । तर यथार्थमा उनको फिल्म ‘रेस ३’ फ्लप भएको थियो । म विवाहहरुमा पैसा लिएर नाच्न पनि सक्दिनँ । यो कुरा गलत त होइन तर म यो सब गर्न सक्दिनँ ।’

अभिनेता सलमान खान र जोन अब्राहमले २००६ मा प्रदर्शित फिल्म ‘बाबुल’ मा एकसाथ काम गरेका छन् । त्यसबेलादेखि नै यी दुई कलाकारबीच मनमुटाव सुरु भएको थियो । दुवैबीचको सम्बन्ध यतिसम्म बिग्रिएको थियो की त्यसबेला फिल्मका निर्देशक रवि चोपडालाई यी दुवैका साथ काम गर्न मुश्किल भएको थियो । अमिताभ बच्चनले त्यसबेला सेटमा यी दुईबीचको विवादलाई शान्त बनाउँदै फिल्मको काम पूरा गराउन सहयोग गरेका थिए । 

तर जोनले फेरि सलमानको अभिनयमा टिप्पणी गरे जसका कारण सलमान निकै भड्किए । त्यसको केही वर्षपछि निर्देशक डेविड धवनले यी दुईबीचको मनमुटावको अन्त्य गराएका थिए । तर अहिले फेरि जोनले यसरी सार्वजनिक रुपमा सलमान खानको मजाक उडाएको थाहा पाएपश्चात सलमान खानले यस कुरालाई कुन रुपमा लिनेछन् भन्ने चर्चा यतिबेला भइरहेको छ ।

 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया