विश्व बैंकका अध्यक्षद्वारा पदबाट राजीनामा

 पुस २४, २०७५ मंगलबार १०:२३:४२ | एजेन्सी
unn.prixa.net

विश्व बैंकका अध्यक्ष जिम योङ किमले पदबाट राजीनामा दिएका छन् । सन् २०२२ सम्म कार्यकाल बाँकी रहेका अध्यक्ष किमको राजीनामा फेब्रुअरी १ तारिखदेखि लागू हुनेछ । ५९ वर्षका किमले ६ वर्षदेखि विश्व वैकको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । 

उनी १ वर्ष अघि दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए । राजीनामा पछि उनले अल्पविकशित देशको पूर्वाधार विकासका लागि लगानी जुटाउनेसम्बन्धी काममा संलग्न हुने विश्व बैंकले जनाएको छ । उनले राजीनामा दिनुको कुनै कारण उल्लेख नगरेको तर राजीनामा आश्चर्यजनक रुपमा आएको बीबीसीले जनाएको छ । 

कायममुकायम अध्यक्षको जिम्मेवारी बैकका प्रमुख कार्यकारी अधिकृत कृष्टालिना ग्रोभिएभालाई दिइने सम्भावना रहेको खबरमा उल्लेख छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया