बुद्ध एयरले राजविराज विमानस्थलबाट उडान सुरु गर्ने

 पुस २४, २०७५ मंगलबार १६:३५:२२ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – बुद्ध एयरले सप्तरीको राजविराज विमानस्थलबाट उडान सेवा सुरु गर्न तत्परता देखाएको छ ।

बुद्ध एयरले राजविराज विमानस्थललाई नेपालमै पूर्वकालदेखि नै चर्चित, ऐतिहासिक तथा प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको गृहको रुपमा रहेको संज्ञा दिँदै यहाँबाट उडान भर्ने तत्परता देखाएको हो । 

यद्यपि उसले एउटा शर्त तेस्र्याएको छ । बुद्व एयरले राजविराज विमानस्थलमा रि–फ्यूलिङ सुविधा दिनुपर्नेमा जोड दिएको छ । रि–फ्यूलिङको व्यवस्था गरिए आगामी मार्च १ तारिखदेखि आफ्नो एटीआर विमानले उडान सेवा सुरु गर्ने बुद्ध एयर जनकपुरका प्रबन्धक विजय प्रसाद सिंहले बताउनुभयो । 

सिंहले प्रदेश २ का मुख्य मन्त्री लालबहादुर राउतलाई ध्यानकार्षण पत्र बुझाउँदै प्रदेश २ का तीनमध्ये कुनै पनि विमानस्थलमा रि–फ्यूलिङ सुविधा नरहेको बताउनुभयो । जसका कारण जनकपुर र सिमरा विमानस्थलले चाहेजतिको उडान सेवा दिन नसकेको स्मरण पत्रमा उल्लेख गरिएको छ । 

उहाँले विमानस्थलहरुमा रि–फ्यूलिङको व्यवस्था मिलाइए तीन वटै विमानस्थलबाट उडान सेवा दिन सकिने उल्लेख गरेका छन् ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया