कपास फिट्ने मेसिन पड्किँदा एकको मृत्यु, ४ घाइते

 पुस २४, २०७५ मंगलबार १८:१७:४४ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिका–४, निगालपानीमा कपास फिट्ने मेसिन पड्किँदा मंगलबार एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

जडान गरीरहेको मेसिन पड्किँदा बर्दिया राजापुर–५, का २८ वर्षीय ‘मेकानिक’ जयकृष्ण न्यौपानेको घटना थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै मेसिन हेर्न आएका ४ जना आफन्तीहरु घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था सामान्य रहेको र २ जनाको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत २३, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया