जापानी विदेश मन्त्री तारो कोनो काठमाडौंमा

 पुस २५, २०७५ बुधबार १८:५७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

दुई दिने नेपाल भ्रमणका क्रममा आउनुभएका जापानी विदेशमन्त्री तारो कोनो आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिर : रासस

काठमाडौं – जापानका विदेश मन्त्री तारो कोनो दुईदिने नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौं आइपुग्नु भएको छ । 

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा कोनो नेपाल आउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । जापानी विदेश मन्त्री कोनोले नेपालमा रहँदा उच्चस्तरीय भेटघाट गर्ने र संयुक्त प्रेस सम्बोधन गर्नुहुनेछ । 

केही समयअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जापान भ्रमण गर्दा नेपालको विकास निर्माणमा थप सहयोगको आग्रह गर्नुभएको थियो, सहयोगसम्बन्धी विषयमा पनि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यस्तै जापानले आउँदो वर्षदेखि नेपाली कामदार पनि भित्राउने तयारी गरेकाले त्यस विषयमा पनि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया