माघ १ गते कर्णाली प्रदेशमा पनि सार्वजनिक बिदा

 पुस २५, २०७५ बुधबार १९:११:४६ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशले माघी पर्वका दिन सार्वजनिक विदा दिने भएको छ ।  मगर र थारु समुदायले विशेष पर्वका रुपमा मनाउने माघी पर्व र माघे सक्रान्तिका दिन सार्वजनिक बिदा दिने भएको हो । 

बुधबार वीरेन्द्रनगरमा नेपाल मगर संघ सुर्खेतले आयोजना गरेको ‘माघे सक्रान्ति मेला २०७५’ को उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माघ १ गते  बिदा दिने घोषणा गर्नुभएको हो ।  उहाँले  बहुसांस्कृतिक, बहुधार्मिक र मौलिकतालाई सम्मान गर्नका लागि सार्वजनिक बिदा दिने बताउनुभयो ।

मुख्यमन्त्री शाहीले आफ्नो संस्कृति पहिचानलाई संरक्षण गर्न पनि आग्रह गर्नुभयो । ‘आफ्नोे कला, संस्कृति, आफ्नो पहिचान संरक्षणमा लाग्न जरुरी छ । होइन भने भोलि संग्राहालयमा मात्र सीमित हुन सक्छ’ मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘संस्कृति संरक्षण गर्नका लागि प्रदेश सरकार सधैँ तयार छ ।’

मुख्यमन्त्री शाहीले चाडपर्वहरुको बिदा तथा सार्वजनिक बिदा श्रमको रुपमा प्रयोग गर्न पनि आग्रह गर्नुभएको छ । 
 

अन्तिम अपडेट: चैत २३, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया