सरकारले तोकेकै मूल्यमा उखु किन्न चिनी उद्योगी सहमत

 पुस २५, २०७५ बुधबार २०:१७:२२ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सरकारले निर्धारण गरेको  मूल्यमा उखु खरिद गर्न चिनी उद्योगीहरु सहमत भएका छन् । 

आज महोत्तरीको बर्दिवासमा  किसान र उद्योग प्रतिनिधिबीच  भएको छलफलमा  तत्कालै चिनी मिल सञ्चालन गर्ने, किसानसँग उखु खरिद गरेको ४५ दिनभित्रमा किसानलाई उखुको रकम भुक्तानी गर्ने र उद्योगसमँग मौज्दात रहेको चिनी नेपाल सरकारलाई खरिद गर्न आग्रह गर्ने  सहमति  भएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो । 

उद्योगीहरुले यसभन्दा अघि सरकारले निर्धारण गरेको मूल्यमा उखु खरिद गर्न नसक्ने अडान राखेपछि किसानहरु अन्यौलमा परेका थिए । 

सरकारले  चालू आर्थिक वर्ष २०७५–७६ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ ।

आजको छलफलमा  १४ वटा चिनी कारखानामध्ये १२ वटा चिनी कारखानाका सञ्चालकहरु र किसानका प्रतिनिधिहरुको सहभागी रहेको थियो । पुसको तेस्रो साता बितिसक्दा समेत चिनी कारखानाहरु सञ्चालन नभएपछि किसानको उखु खेतमै सुक्न थालेको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया