लमजुङमा भूकम्पको धक्का महसुस

 पुस २५, २०७५ बुधबार २१:५५:४६ | श्यामशितल परियार

लमजुङ – लमजुङमा बुधबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ । 

जिल्ला सरदमुकाम बेसीशहर नजिक उत्तर पश्चिम क्षेत्रमा केन्द्रबिन्दु बनाएर बुधबार साँझ ३ रेक्टर स्केलको भूकम्प गएको प्रजिअ झंकनाथ ढकालले जानकारी दिनुभयो ।

खानी तथा भूगर्भ विभागका अनुसार  बुधबार साँझ ७ बजेर ४९ मिनेट जाँदा जिल्लाको बेसीशहर नजिक उत्तर पश्चिम साइडमा केन्द्रबिन्दु बनाएर ३ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्प एकदम सानो र छोटो समय गएको हो । भूकम्प जाँदा बेसीशहरमा छोटो तर कडा झड्का महसुस भएको ढकालले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया