हवाई इन्धनको भाउ १० रुपैयाँ  घट्ने

 पुस २६, २०७५ बिहिबार १३:३५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाउने भएको छ । 

निगमको ४९औं वार्षिकोत्व्सव समारोहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मूल्य घटाउने सहमति भएको जानकारी दिनुभयो । ‘हाम्रो सहमति भैसक्यो अब प्रतिलिटर १० रुपैया मूल्य घट्छ, यसबाट हवाई भाडा पनि घट्नेछ’, उहाँले भन्नुभयो । 

निगमले आज नै निर्णय गर्ने पनि उहाँले बताउनुभयो । पछिल्ला केही पटक डिजल,पेट्रोल, मट्टीतेललगायतको भाउ घटे पनि हवाई इन्धनको मूल्य घटेको थिएन ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया