सलमान खानले बोनी कपूरलाई घर आउन गरे प्रतिबन्ध, छोराको रिस निकाले बुवामाथि

 पुस २६, २०७५ बिहिबार २०:१०:१८ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता अर्जुन कपूर र मलाइका अरोडा एकअर्काको प्रेममा रहेको कुरा कसैबाट लुक्न सकेको छैन ।

अर्जुन र मलाइका सार्वजनिक रुपमै दुनियाको कुनै पर्वाह नगरी एकअर्काको साथमा समय बिताइरहेका छन् । यी दुवैको सम्बन्धलाई अर्जुन कपूरको परिवारले समेत स्वीकार गरिसकेको छ । मलाइका अरोडाका पूर्व पति अरबाज खानले समेत मलाइकासँगको डिभोर्सपछि जर्जिया एण्ड्रीयानीलाई डेट गरिरहेका छन् । तर अरबाज खानका दाइ सलमान खान भने अझै पनि अर्जुन कपूर र मलाइका अरोडाको सम्बन्धदेखि खुशी छैनन् । 

केही दिनअघि मात्रै सलमान खानले बोनी कपूरको २ वटा फिल्ममा काम गर्ने अफरलाई अस्वीकार गरिदिएका थिए र अहिले सार्वजनिक खबरहरुका अनुसार सलमानले बोनी कपूरलाई उनको घरमा आउनसमेत प्रतिबन्ध लगाइदिएका छन । बोनी कपूर र सलमान खानबीचको मित्रता यसअघिसम्म निकै प्रगाढ थियो तर अब भने सलमानले बोनी कपूरलाई उनको छोराले गरेको गल्तीको सजाय दिएका छन् । 

अभिनेत्री मलाइका अरोडा खानभन्दा अघि अभिनेता अर्जुन कपूर सलमान खानकी बहिनी अर्पिता खानलाई डेट गरिरहेका थिए । तर पछि उनी सलमानकै भाइ अरबाज खानकी श्रीमती मलाइका अरोडाका साथ प्रेमसम्बन्ध गाँसेपछि सलमान खानलाई यो कुरा सह्य भएन ।

सलमान खानले बलिउड फिल्म निर्माताहरुलाई अर्जुन कपूरलाई कुनै पनि फिल्ममा कास्ट नगर्नुभन्दै आदेश दिएका थिए । तर अर्जुन कपूरले त्यस समयमा सलमानसँग माफी माग्दै अब आइन्दा सलमान खानको परिवारलाई समस्या हुने कुनै पनि काम नगर्ने बताएका थिए । सलमानले पनि उनलाई त्यसबेला माफ गरिदिएका थिए । 

तर त्यसको केही समयपछि अर्जुनकै लागि मलाइकाले अरबाज खानसँग सम्बन्ध विच्छेद गर्दै अर्जुनसँग नजिकिइन् । यो कुरा सलमानले पचाउन सकेनन् । तसर्थ सलमान खानले अर्जुन कपूरको रिस उनका पिता बोनी कपूरमाथि पोखे ।

बोनी कपूरसँगको वर्षौँदेखिको मित्रतालाई सलमानले मतलब नगरी उनको अब आउने फिल्म ‘वान्टेड २’ र ‘नो एन्ट्री मे एन्ट्री’ मा अभिनय गर्न अस्वीकार गरिदिए । 

साथै बोनी कपूरलाई सलमान खानको घर आउन प्रतिबन्ध गरिदिएका छन् । बोनी कपूरको निर्माणमा बनेका यसअघिका फिल्म ‘वान्टेड’ र ‘नो एन्ट्री’ मा सलमान खान नै मुख्य भूमिकामा थिए भने यी फिल्महरु सुपरहिट भएका थिए । 


 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया