कुवेती दिनार बाहेक अरु विदेशी मुद्राको भाउ घट्यो

 पुस २७, २०७५ शुक्रबार १०:३४:८ | उज्यालो सहकर्मी

काठमाडौं – शुक्रबार अमेरिकी डलरसँगै अरु विदेशी मद्राको भाउ पनि थोरै घटबढ भएको छ । 

नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११२ रुपैयाँ ९७  पैसा तोकेको छ । हिजो डलर १ को खरिददर ११२ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ०४ पैसा थियो । 

नेपाल राष्ट्र बैंकले शुक्रबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर ३० रुपैयाँ १२ पैसा तोकेको छ । हिजो बिहीबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९७ पैसा तथा बिक्रीदर ३० रुपैयाँ १३ पैसा थियो । 

आज शुक्रबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा तोकिएको छ । युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७६ छ ।  

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४२ पैसा र बिक्रीदर २७ रुपैयाँ ५७ पैसा, कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ १४ पैसा तोकिएको छ । 

त्यस्तै बहराईन दिनार १ को खरिददर २९८ रुपैयाँ ०६ पैसा र बिक्रीदर २९९ रुपैयाँ ६५ पैसा तोकिएको छ । कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा तोकिएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया