पृथ्वी जयन्ती : नेपालगञ्ज उपमहानगरपालिकाका १३ वडामा बिदा, १० वडा खुल्लै

 पुस २७, २०७५ शुक्रबार १४:४८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – नेपालगञ्ज उपमहानगरपालिकाको कार्यपालिका बैठकले शुक्रबार पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि केही वडा कार्यालयमा नियमित कामकाज भइरहेको छ ।

नेपालगञ्जका २३ मध्ये साविक एमालेले ६ र माओवादी केन्द्रले ४ गरी हालको नेकपाले १० वटा वडा जितेको हो । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेका नेकपाबाट निर्वाचित वडा अध्यक्षहरुले शुक्रबार नियमित कामकाज गरिरहेको वडा नम्बर १८ का वडा अध्यक्ष दीपक वर्माले जानकारी दिनुभयो ।

बर्माले नेकपाले जितेका सबै १० वटै वडामा शुक्रबार नियमित कामकाज भइरहेको बताउनुभयो । सेवाग्राहीले अघिल्लो दिनझै कार्यालयमा काम लिएर आएको बताउँदै वडा नम्बर १ का वडा वडा अध्यक्ष तथा उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले स्थानीयरुपमा सार्वजनिक बिदा दिएर पृथ्वी नारायण शाहको सम्मान नहुने भन्दै पृथ्वी जयन्तीको अवसरमा औपचारिक कार्यक्रम गर्नुपर्छ भन्ने आफूहरुको मत रहेको बताउनुभयो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया