कमल खनालको नयाँ गीत ‘उड्यो मालचरा बस्यो हिमालमा’ सार्वजनिक (भिडियोसहित)

 पुस २७, २०७५ शुक्रबार १७:४९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लाेक तथा दाेहाेरी गायक कमल खनालको नयाँ गीत ‘उड्यो मालचरा बस्यो हिमालमा’ शुक्रबार सार्वजनिक भएको छ ।

नौमती बाजा रहेको नयाँ गीत ‘उड्यो मालचरा बस्यो हिमालमा’ रिमा इन्टरटेनमेन्ट नेपाल मार्फत सार्वजनिक भएको हो । 

गीतमा कमल खनाल र टीका पुनको स्वर रहेको छ । लय तथा शब्द कमल खनालको रहेको गीतको निर्माण रिमा फिल्मसले गरेको हो । उदिराम खड्काले निर्देशन गरेको यस भिडियोमा रिना थापा र मनोज खड्काले अभिनय गरेका छन् । 

नारायणराज सत्यालले सम्पादन गरेकाे गीतको भिडियो हरिनारायण चौधरी र मिराज अर्यालले छायांकन गरेका हुन् । २०३३ सालमा भैरवस्थान, १ रानिठाँटी पाल्पामा जन्मिएका खनाल २०५६ सालदेखि निरन्तर गीत संगीत तथा लोकदोहोरी क्षेत्रमा लागिरहनु भएकाे छ ।

उहाँले यसअघि पनि मायाको मालिक, मरे आमा, छुट्टिने दिन आयो, पन्चैबाजा ,बालाचुराले, डाली पलायो, परदेशी छोरा, छोरो खेलाउँदै, माया मारे है, भेटौंला अवश्य जस्ता चर्चित गीतहरु सार्वजनिक गरिसकेका छन् ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया