जग्गाको कित्ताकाट फुकुवा

 पुस २७, २०७५ शुक्रबार १७:४४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नागरिकले सास्ती ब्यहोर्नु परेको भन्दै जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरिएको जानकारी गराउनु भएको हो ।

शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उहाँले स्थानीय तहले ‘खेतीयोग्य जग्गा होइन’ भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाउने पनि स्पष्ट पार्नुभयो । सर्वोच्च अदालतको आदेश, राष्ट्रिय सतर्कता केन्द्रको अध्ययन प्रतिवेदन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग निर्देशन र जनप्रनितिनिहरुको राय, सुझावलाई ध्यानमा राखेर जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय लिइएको मन्त्री अर्यालको भनाई छ ।

मन्त्री अर्यालले जग्गाको कित्ताकाट गर्ने निर्णय कार्यान्वयनमा ल्याउन सरकारले स्थानीय तहका प्राविधिक समिति बनाउने गरी ‘भू–उपयोग नीति’ लागू गरेको पनि स्पष्ट पार्नुभयो ।

२०७४ साल साउन २६ गतेबाट जग्गाको खण्डिकरण गर्न सरकारले रोक लगाएको थियो । तर त्यसले नागरिकलाई सास्ती दिएपछि यस्तो निर्णय खारेज गर्न बाध्य हुनु परेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको दाबी छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

1 Comments

  • gehendra

    Jan. 11, 2019, 6:17 p.m.

    १. खेतीयोग्य जग्गाको परिभाषा पहिले प्रष्ट हुनुपर्छ / २. खेती अयोग्य जग्गा निजी हुँदैन , कित्ताकाट अनुमति चाहिने निजी जग्गालाई होला / ३. खेती अयोग्य जग्गा भनेको भीर, जंगल,खोला, पहिरो , मानव वस्ती बस्न नसकिने जग्गा होला ,त्यस्तोमा मान्छे कसरी बस्ने ? ४. यसले पनि समस्या ल्याउन सक्छ , त्यसलाई ध्यान दिनुपर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया