यूएईविरुद्धको एक दिवसीय र टी–२० श्रृ‌ंखलाका लागि नेपाली टिम तयारीमा व्यस्त

 पुस २७, २०७५ शुक्रबार १८:४९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यूएईविरुद्धको तीन एक दिवसीय र तीन टी–२० सिरिजका लागि नेपाली क्रिकेट टिम तयारीमा व्यस्त छ ।

पहिलो चरणमा २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएकोमा १८ खेलाडी मैदानमा उपस्थित थिए ।

राष्ट्रिय टिमका कप्तान पारस खड्का र दिपेन्द्रसिंह ऐरी अहिले अष्ट्रेलियामा रहेका कारण उनीहरुले उपस्थित हुन नसकेका हुन् । इनरुवामा जारी एक दिवसीय क्रिकेट छोडेर विनोद भण्डारी प्रशिक्षणमा फर्किएका छन् ।

माघ ११ गतेदेखि यूएईविरुद्ध नेपालले तीन एक दिवसीय सिरीज खेल्दैछ । त्यसपछि नेपालले तीन टी–२० खेलको सिरिज खेल्नेछ । हाल पहिलो चरणमा बोलाइएको २० खेलाडीबाट केही अभ्यास खेलपछि अन्तिम चरणमा १५ खेलाडी छनोट गरिनेछ ।

यूएईका लागि नेपाली टिम २२ जनवरीमा प्रस्थान गर्नेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया