अष्ट्रेलियाविरुद्धकाे पहिलाे एक दिवसीय: भारत ३४ रनले पराजित

 पुस २८, २०७५ शनिबार १६:५९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियाविरुद्धको पहिलो एक दिवसीय खेलमा भारत ३४ रनले पराजित भएको छ । हारसँगै भारत तीन खेलको श्रृखंलामा एक शून्यले पछि परेको छ ।

सिड्नीमा भएको खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ८८ रन बनायो । उसका लागि पिटर हेन्डसकम्बले ७३ रन बनाए । उनले ६१ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै मार्कस स्टोइनिसले ४७, शन मार्शले ५४, उस्मान खवाजाले ५९, एलेक्स क्यरीले २४ रन बनाए । बलिङतर्फ भारतका लागि कुलदिप यादव र भुवनेश्वर कुमारले समान दुई विकेट लिए ।

जवाफमा भारतले ५० ओभरमा नौ विकेट गुमाउँदै २ सय ५४ रनमात्र बनाउन सक्याे । उसका लागि ओपनर रोहित शर्माले एक सय ३३ रनको पारी खेले पनि टिमलाई हारबाट बचाउन सकेनन् । यस्तै  महेन्द्रसिंह धोनीले ५१ रन बनाए ।

चार रनमा तीन विकेट गुमाएको भारतको पारीलाई धोनी र शर्माले सम्हालेका थिए । उनले चौथो विकेटका लागि एक सय ३७ रनको साझेदारी गरेका थिए । अन्तिममा भुवनेश्वर कुमारले २९ रन बनाए पनि बाँकि खेलाडी सस्तैमा आउट भए ।

याे पनि पढ्नुहाेस् 

अष्ट्रेलियाविरुद्धकाे पहिलाे एक दिवसीय: भारतकाे फितलाे सुरुवात, ४ रनमा ३ विकेट

एक दिवसीय क्रिकेटमा धाेनीले पूरा गरे १० हजार रन

बीसीसीआईकाे प्रतिबन्धपछि हार्दिक र राहुलसँग प्रायाेजकले पनि सम्झाैता ताेडे

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया