आईपीएल क्रिकेटमा आज दिल्ली र गुजरात खेल्दै
बैशाख १२, २०८१ बुधबार
राजाराम पौडेल पछिल्लो समय चलचित्रमा व्यस्त हास्यकलाकार हुन् । रेडियो नाटकबाट अभिनय यात्रा सुरु गरेका पौडेल अहिले सिनेमामा चल्तीका मुख्य कलाकार हुन् ।
उनी सानै उमेरदेखि नै कथा, कविता, गजल आदि लेख्ने गर्थे साथै अभिनयमा पनि उनको उत्तिकै रुची थियो । उनले काठमाण्डौको रत्नराज्यलक्ष्मी क्याम्पसमा संगीत विषय लिएर अध्ययन गरेका थिए भने सँगै पत्रकारिता पनि गर्दै आएका थिए ।
एक दिन उनले एउटी युवतीलाई परैबाट बदाम खाँदै गरेको देखे । निकै बेर उनले ती युवतीलाई नियालेर हेरे । उनले तिनै युवतीलाई आफ्नो जिवनसाथी बनाउने निर्णय गरे र घरमा गएर अविभावकसँग कुरा गरे ।
पछि २०४० सालमा तिनै युवतीसँग उनको विवाह भयो । उनी थिइन् इश्वरी पौडेल ।
हाल उनीहरुका २ सन्तान छन् । राजाराम पौडेल हाल काठमाण्डौ नक्सालमा आफ्ना परिवारसँग बस्दै आएका छन् । हास्यकलाकार राजाराम पौडेल विशेषत नेपाल टेलिभिजनबाट महका श्रृंखला आउँदा बढी चर्चित थिए ।
त्योभन्दा बढी चर्चा उनलाई जिरे खुर्सानीले दियो । जिरे खुर्सानी झण्डै एक दशक एनटीभीमा प्रसारण भएको चर्चित हास्य श्रृंखला हो ।
शिवहरि र जितु नेपाल यसका निर्देशक थिए । यही श्रृंखलाबाट पौडेल सबै दर्शकको मन मनमा बस्न सफलभए ।
तर पछिल्लो समय नेपाल टेलिभिजनबाट प्रसारण हुने अधिकांश टेलिचलचित्रहरु बन्द भैसकेका छन् ।
चलचित्र दालभात तरकारीमा उनी कलाकारका साथै निर्माता पनि हुन् । त्यस्तै चलचित्र सय कडा दशमा पनि उनी कार्यकारी निर्माताका रुपमा प्रस्तुत भएका छन् ।
पछिल्लो समय हास्यकलाकार राजाराम पौडेल नेपाल टेलिभिजनबाट प्रसारण हँुदै आएको मुन्द्रेको कमेडी क्लबमा सहभागी भएर दर्शकलाई हसाउँदै आएका छन् ।
– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य