लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
सिरहा - सिरहामा अवैध सुनसहित पक्राउ परेकालाई सार्वजनिक गर्न दिउँसाे आयाेजित पत्रकार सम्मेलनमा तीनजना आराेपितहरुमात्र सार्वजनिक गराए पनि प्रहरीले पछि बाँकी तीनजनालाई पनि सार्वजनिक गरेको छ ।
प्रहरीले पत्रकार सम्मेलनमा ३ जनालाई मात्रै पक्राउ गरेको जिकिर गरे पनि पछि थप तीनजना लाई सर्वाजनिक गरेको हाे । पछि सार्वजनिक गरिएकाहरुमा लहान-१९ का ४२ वर्षका मोहमद हकिम राइन वर्षिय, २४ वर्षका मोहमद रहमान राइन र सप्तरीकाे खडक नगरपालिका-३, १८ वर्षका मोहमद अफ्रोज राइन छन् ।
पक्राउ परेका मोहमद हकिम राइन वडा नम्बर-१९, वडाध्यक्ष हुन् । प्रहरीले पत्रकार सम्मेलनमा पहिला ३ जनामात्र सार्वजनिक गरेपनि पछि हकिमसहित थप ३ जना सहितको फोटो सार्वजनिक गरेको थियो ।
प्रहरीको यो रवैयाले भने घटनालाई झन शकास्पद बनाएको छ ।