इरान र इराक एसियन कप फुटबलको प्रिक्वार्टरफाइनलमा

 पुस २९, २०७५ आइतबार ७:१२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईमा भैरहेको एसियन कप फुटबलमा इरान र इराक प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । समूह ‘डी’मा रहेका यी दुवै टिमले लगातार २ खेलमा जित निकाल्दै प्रिक्वार्टरफाइनलको यात्र तय गरेका हुन् । 

अब यी दुईबीचको खेलको नतिजाले समूह बिजेताको टुंगो लाग्ने छ । शनिबार भएको दोस्रो खेलमा इराकले यमनमाथि ३–० को जित निकाल्न सफल भयो । इराकको जितमा सुरुदेखि नै यमनमाथि हावी देखिएको इराकले ११ औं मिनेटमा अग्रता बनाएको थियो । 

इराकका लागि मुहानन्द अलीले पहिलो गोल गरेका हुन् । १९ औं मिनेटमा बसार रसानले १९औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफको सुरुमै २ गोल गरेको इराकले तेस्रो गोल भने दोस्रो हाफको अतिरिक्त समयमा थपेको थियो । तेस्रो गोल आला अब्बासले ९१ औं मिनेटमा गरेका थिए ।

यस्तै शनिबार नै भएको पहिलो खेलमा इरानले भियतनामलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।  इरानको जितमा सरदार अजमुनले दुवै गोल गरेका थिए । उनले ३८ र ६९ औं मिनेटमा गोल गरेका हुन् । 

एसियन कपमा ६ समूहमा २४ टिम रहेका छन् । जसमध्य प्रिक्वार्टर फाइनलमा विजेता र उपविजेता पुग्दा उत्कृष्ट चार तेस्रो टिमले पनि स्थान बनाउन पाउने छन् । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया