हिमालयन बैंकको सुरक्षित ‘मास्टर डेबिट कार्ड’ सेवा सुरु

 पुस २९, २०७५ आइतबार ९:३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – हिमालयन बैंक लिमिटेडले अन्तर्राष्ट्रिय कार्ड प्रदायक मास्टर कार्डको अत्याधुनिक र थप सुरक्षित चिप र पिन प्रविधियुक्त डेबिट कार्डको सेवा सुरु गरेकोे छ । 

बैंकका ग्राहकहरुले मास्टरकार्डबाट कारोबार गरी सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा विभिन्न मर्चेंटहरुमा (होटल, रेष्टुराँ, पब लगायत अन्य पसलहरु) २० प्रतिशतसम्म छुट पाउने छन् । 

बैंकले नयाँ खाता खोल्ने ग्राहकहरुका लागि योे कार्ड निशुल्क प्रदान गर्ने जानकारी गराएको छ । यसबाहेक मास्टरकार्डधारी ग्राहकहरुले यो कार्ड नेपालका कुनै पनि पस मेशिनमा प्रयोग गरि सामान खरिद गरेमा आकर्षक नगद फिर्ता पाउने छन् । 

बैंकद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर राणा र मास्टरकार्डका तर्फबाट दक्षिण एसिया क्षेत्रीय प्रमुख पोरुष सिंहले कार्डको सेवा सुरु भएको घोषणा गरेका छन् । 

यही अवसरमा मास्टरकार्डकातर्फबाट पोरुष सिंहले पछिल्ला वर्षहरुमा नेपालले डिजिटल भुक्तानी प्रणालीमा र कार्डको प्रयोगमा उच्च प्रगति गरेको हुँदा मास्टरकार्डले यो प्रगति पथमा हिमालयन बैंकसँग सहकार्य गर्न पाउँदा खुसी भएको बताउनुभयो । 

हिमालयन बैंकका ग्राहकहरुले देशभरी भएका आफ्ना ५७ वटै शाखाहरुबाट यो कार्ड लिन सक्ने तथा १११ वटा एटीएममार्फत प्रयोग गर्न सक्ने छन् । साथै यो कार्ड नेपाल र भारतका पस मेशिनहरुमा प्रयोग गर्दा कुनै पनि शुल्क नलाग्ने जानकारी गराइएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया