फुल्चोकीमा हराएका १६ जनाको उद्दार

 पुस २९, २०७५ आइतबार १३:३५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – गोदावरी नगरपालिकाको वडा नम्बर–३, फुल्चोकीको जंगलमा घुम्न गएका १६ जना किशोर-किशोरीलाई प्रहरीले उद्दार गरेको छ ।

प्रहरीले १२ जना किशोर र चारजना किशोरीलाई साँझ ६ः४० बजे फुल्चोकी जंगलको मध्येखोंचबाट उद्दार गरेको महानगरिय प्रहरी परिसर ललितपुरले जनाएको छ । कन्ट्रोल नम्बर सयबाट प्रहरीलाई किशोर-किशोरी हराएको सूचना आएपछि ललितपुरका सात ठाउँबाट छुट्टा छुट्टै प्रहरीको टोली किशोर÷किशोरी खोज्न गएको थियो ।

किशोर–किशोरीलाई प्रहरीले गए राति १२ः३० बजे अभिभावकलाई जिम्मा लगाएको छ । प्रहरीले धनुषा घर भएका ब्रिजमोहन साह, धनुषाकै सुवास साह, अभिषेक यादव, ऋषिकुमार साह, श्रीराम साह, करण साह, सुवास साहलाई उद्दार गरेको हो ।

त्यस्तै स्याङ्जाकी सपना गुरुङ, तनहुँकी श्रीजना भट्टराई, काठमाडौंका अविनभसिंह ठाकुरी, सिन्धुपाल्चोकका रोशन राना, दोलखाका रमेश पौडेल, मोरङका संजोग घिमिरे, काठमाडौंकी अप्सरा खत्री, नुवाकोटकी श्रेया थपलिया र धनुषाका सन्तोषकुमार साहलाई पनि प्रहरीले उद्दार गरेको हो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया