झापड खाने सचिव पक्राउ

 पुस २९, २०७५ आइतबार १६:३५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – आफूले भनेको एनजीओलाई कार्यक्रम नपारेको भन्दै प्रदेश २ का आर्थिक ममिला तथा योजना मन्त्री विजय यादवले सचिवलाई झापड हानेका छन् ।

प्रदेश २ उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झालाई आइतबार दिउँसो ३ बजे आफ्नो कार्यकक्षमै बोलाएर मन्त्री यादवले झापड हानेका हुन् ।
आफू अनुकूलको एनजीओलाई आयोजना नपारेको भन्दै झापड प्रहार गरी दुव्र्यवहार गरेको सचिव झाले दुखेसो पोख्नुभयो । सचिवलाई झापड हानेपछि कर्मचारीहरु बाहिर धर्ना दिएका छन् भने कुटिएका सचिवलाई उल्टै मन्त्री यादवको निर्देशनमा प्रहरीले पक्राउ गरेको छ ।

क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएको थिए । तीमध्ये ४० वटा संस्था छनोट भएका छन् । छनौटमा परेका एनजीओमा आफ्नो एनजीओ नपरेको भन्दै मन्त्री यादावले सचिव झालाई झापड हानेका हुन् ।

मन्त्री यादव संघीय समाजवादी फोरमबाट प्रदेश २ सरकारमा मन्त्री भएका हुन ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया