उदयपुरको देउरीमा पनि एनआईसी एसिया बैंककाे शाखारहित बैंकिङ्ग सेवा सुरु

 पुस २९, २०७५ आइतबार १६:४८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनआईसी एसिया बैंकले उदयपुर जिल्लाकाे त्रियुगा नगरपालिका वडा नं–५, देउरीमा २३औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ।

त्रियुगा नगरपालिका–५, का वडा अध्यक्ष उद्धब थापाले शनिबार उक्त सेवाको उद्घाटन गर्नुभएको हो । सेवाका प्रतिनिधिको रुपमा श्रीहरि श्रेष्ठलाई नियुक्त गरिएको बैंकले जनाएको छ । 

यस सेवाबाट स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।

यस्तो सेवाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवाहरु जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होमको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रहेर कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गने जस्ता सेवा लिनसक्ने बैंकको दावी छ ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया