झापामा भाका दिवस मनाइयो

 पुस २९, २०७५ आइतबार १७:३९:४० | सुश्मा राजवंशी

झापा – प्रत्येक वर्षको पुष २९ गते मनाइँदै आएको भाका दिवस आइतबार झापामा भव्यताकासाथ मनाइएको छ ।

राजवंशी समुदायले खाने विशेष परिकार भाकाको संरक्षण तथा व्यवसायिकरणका लागि गएको वर्षदेखि भाका दिवस मनाउन थालिएको हो । राजवंशी समुदायले खाजाका रुपमा खाँदै आएको भाका अहिले सबैका लागि मिठो खाजाका रुपमा परिणत हुँदै गएको छ । चामलको पिठोलाई भिन्न आकारका बटुकामा राखेर बाफमा पकाइने भाकाले व्यवसायिक रुप लिएको छ ।

स्वास्थ्यका लागि अत्यन्त राम्रो मानिने भाका झापामा मात्र नभएर राजधानी काठमाण्डौसहित अन्य जिल्लाका गाँउ शहरमा पनि अहिले पाइन थालेको छ । विशेष गरी जाडो मौसममा भाका, अचार र चियासँग खाने गरिन्छ ।  

 

अन्तिम अपडेट: बैशाख १, २०८१

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया