प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
रुपन्देही – विपक्षी दल नेपाली कांग्रेसका प्रदेश सांसदहरुले पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई निलम्बन नगरे लुम्बिनीमा बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
पाँच नम्बर प्रदेशको प्रदेशसभाको आइतबारको बैठकमा बोल्दै नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभामा निर्वाचित सदस्य फकरुद्धिन खानले वाइडबडी बिमान खरिद प्रकरणमा दोषी देखिएका पर्यटन मन्त्री अधिकारीलाई निलम्बन नगरे लुम्बिनीमा बहिष्कार गर्ने चेतावनी दिनुभएको हो ।
‘अन्तिम छानबिनमा निर्दोष देखिए पुर्नबहाली गर्न सकिन्छ तर आरोप लागेका मन्त्री अधिकारीले लुम्बिनीमा हुने कार्यक्रमको अध्यक्षता गर्न पाइँदैन’, प्रदेशसभा सदस्य खानले भन्नुभयो ।
अर्का प्रदेशसभा सदस्य वीरबहादुर रानाले प्रदेशसभा सचिवालय र प्रदेश सरकारले खरिद गरेका गाडीमा भएको अनियमिताले मुख्य मन्त्रीको भष्टाचारमा शून्यसहनशिलतालाई खिल्ली उडाएको बताउनुभयो ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।