विराटनगरबाट हुण्डी कारोबार गर्ने तीनजना पक्राउ, १० लाखभन्दा बढी रकम बरामद

 पुस २९, २०७५ आइतबार १९:५५:४६ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरबाट ५९ लाख ७ हजार ६ सय रुपैयाँसहित तीनजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

प्रहरीले विराटनगर–७ मा रहेकाे आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेका तीनजनासहित रकमसमेत बरामद गरेको हो । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष तथा विराटनगर ७ का राजेश हेडा, विराटनगर ११ का सुमित साह र विराटनगर १२ का दिपककुमार कर्ण रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका  एसपी मनोजकुमार केसीले लामो समयदेखिको अनुसन्धान र अनुगमनपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको बताउनुभयो ।  प्रहरीले सहकारीका अध्यक्ष हेडाको कार्यकक्षबाट नगद ५९ लाख ७ हजार ६ सय रुपैयाँ बरामद  गरेको थियो ।

सहकारी संस्थाको आडमा हेडाले हुण्डी कारोबार गर्दै आएको खुलेको प्रहरीको भनाइ छ । त्यसै संस्थाबाट नै सुमित साहको साथबाट ९ लाख ५० हजार पनि बरामद गर्न प्रहरी सफल भएको थियाे ।

उनीहरूलाई थप अनुसन्धानका लागि म्याद थप गरी इटहरीमा रहेकाे राजश्व अनुसन्धान विभाग पठाइने केसीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया