सचिवलाई मन्त्रीले कुटेको विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन

 पुस २९, २०७५ आइतबार २०:१६:४१ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – आइतबार प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले पर्यटन, वन तथा वातावारण मन्त्रालयका सचिव विद्यानाथ झामाथि कुटपिट गरेको घटना छानबिन गर्न तीन सदस्यीय टोली गठन भएको छ ।

घटनाको सत्यतथ्य छानबिन गर्न प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय टोली गठन भएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।

छानबिन समितिमा प्रदेश २ का मुख्य सचिव दीपक सुवेदी र कार्यालयका सचिव हरि फुयाल रहेका छन् । आइतबार साँझ घटनाका विषयमा दुवै पक्षसँग छलफल पश्चात तीन सदस्यको छानबिन टोली गठन भएको मुख्य सचिव सुवेदीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘घटनालाई छानबिन गरेर निष्कर्ष निकाल्न समिति गठन भएको छ । भोलिबाट मन्त्रालयको काममा कुनै अवरोध नगर्ने समेत छलफल भएको छ ।’ आफूले सिफारिस गरेको एनजीओलाई कार्यक्रम नपारेको भन्दै आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आइतबार दिउँसो आफ्नै कार्यकक्षमा बोलाएर सचिव झालाई सभामुख सरोज यादवकै सामुन्न हात र लातले कुटपिट गरी दुव्र्यवहार गर्नुभएको थियो ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया