सरकारविरुद्ध आन्दोलन गर्ने देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको चेतावनी

 पुस ३०, २०७५ सोमबार १४:४७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले सरकार जनविरोधी र राष्ट्रघाती रहेको आरोप लगाउँदै विरोधमा जन आन्दोलन गर्ने चेतावनी दिनु भएको हो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले वर्तमान सरकारलाई हटाउन पनि आन्दोलनको जानुको विकल्प नरहेको तर्क गर्नुभयो ।

आगामी फागुन ७ गतेबाट मोर्चाले सरकारविरुद्ध ‘मेची महाकाली जागरण अभियान’ संचालन गर्ने घोषणा पनि गरेको छ । अध्यक्ष गजुरेलले नागरिकले विकल्प खोजेकाले वर्तमान सरकारलाई हटाउन आन्दोलनको बाटो रोज्नु परेको पनि स्पष्ट पार्नुभयो ।

संसदमा दुई तिहाई बहुमतमा रहेको वर्तमान सरकारलाई हटाउन आन्दोलन एक मात्रै विकल्प भएको उल्लेख गर्दै उहाँले त्यसमा साथ दिन पनि सबैलाई आह्वान गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया